शुक्रवार, श्रावण २९ गते २०८३    

शुक्रवार, श्रावण २९ गते २०८३    

नेपाल टेलिकमले सुरु गर्‍यो पोस्टपेड सिमको अनलाइन नामसारी सुविधा

नेपाल टेलिकमले सुरु गर्‍यो पोस्टपेड सिमको अनलाइन नामसारी सुविधा

सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रिया थप सहज बनाउँदै अनलाइनबाटै आवश्यक विवरण भर्न सकिने व्यवस्था गरेको छ ।

    नयाँ व्यवस्थाअनुसार आफ्नो नाममा रहेको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्न चाहने ग्राहकले आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत भर्न सक्नेछन् । 

    अनलाइनमा विवरण भरेपछि नामसारी दस्तुर बुझाउन र अन्तिम प्रमाणीकरणका लागि मात्रै नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

    ग्राहकले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमा गएर आफ्नो मोबाइल नम्बर राखेपछि प्राप्त हुने ओटीपीमार्फत प्रक्रिया सुरु गर्न सक्नेछन् । त्यसपछि हालका ग्राहक र नामसारी गर्न लागिएको नयाँ ग्राहकको व्यक्तिगत विवरण भर्नुपर्नेछ ।

    नामसारी प्रक्रियाका क्रममा पछिल्लो एक महिनामा कल गरिएका पाँचवटा मोबाइल नम्बरसमेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । सबै विवरण अनलाइनमार्फत भरेपछि ग्राहकले नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी अन्तिम प्रमाणीकरण गर्नुपर्नेछ ।

    नामसारीका लागि आवश्यक दस्तुर बुझाउनुका साथै सक्कल नागरिकता प्रस्तुत गरी ग्राहक स्वयं वा प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सकिने टेलिकमले जनाएको छ । यसले कार्यालयमा लामो समय लगाएर विवरण भर्नुपर्ने अवस्थाको अन्त्य गर्दै नामसारी प्रक्रियालाई थप छिटो र सहज बनाउने अपेक्षा गरिएको छ ।

    कार्यालयमा स्वयं उपस्थित हुन नसक्ने ग्राहकले प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सक्ने व्यवस्था गरिएकाले विदेशमा वा अन्य कारणले कार्यालय पुग्न नसक्ने सेवाग्राहीलाई समेत सुविधा पुग्नेछ ।

    हाललाई यो अनलाइन नामसारी सुविधा व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध गराइएको छ । कर्पोरेट ग्राहकले भने यसअघि झैँ नामसारीका लागि सम्बन्धित कार्यालयमै उपस्थित हुनुपर्नेछ ।

    नेपाल टेलिकमका अनुसार डिजिटल माध्यमबाट सेवाप्रवाहलाई विस्तार गर्ने क्रममा पोस्टपेड सिमको नामसारी प्रक्रियालाई पनि अनलाइन प्रणालीमा जोडिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij