काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयरबजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ११.४८ अंकले घटेर २६३९.७३ अंकमा झरेको छ।
कुल ३४३ कम्पनीका ९० लाख ५७ हजार ९९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब १ करोड ३१ लाख ८० हजार रुपैयाँभन्दा बढी पुगेको छ।




