शुक्रवार, श्रावण २९ गते २०८३    

शुक्रवार, श्रावण २९ गते २०८३    

६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा

६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा

सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढी हो।

    बैंकका अनुसार कर्जा लगानी तथा आम्दानीमा भएको वृद्धि र इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा उल्लेख्य सुधार भएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

    बैंकको कुल सञ्चालन आम्दानी १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने करअघिको खुद सञ्चालन नाफा ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा नरहेकोमा गत वर्ष १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ।

    असार मसान्तसम्म बैंकको कुल निक्षेप ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ र खुद कर्जा तथा सापट ३ खर्ब ४० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। निक्षेप ३७.११ प्रतिशत र कर्जा १२.५० प्रतिशतले बढेको बैंकले जनाएको छ।

    बैंकको निष्क्रिय कर्जा अनुपात ३.९५ प्रतिशत, आधार दर ४.२० प्रतिशत र प्रतिसेयर आम्दानी २९.१४ रुपैयाँ रहेको छ। बैंकले सातै प्रदेशका ७७ जिल्लामा ३१६ शाखा, ३३५ एटीएम तथा १ लाख ४८ हजार क्यूआर मर्चेन्टमार्फत सेवा दिँदै आएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij