शुक्रवार, श्रावण २९ गते २०८३    

शुक्रवार, श्रावण २९ गते २०८३    

व्यवसाय डिजिटल बनाउन ‘पठाओ कमर्स’ सुरु : च्याट, अर्डर, इन्भेन्ट्री र डेलिभरी एउटै सिस्टममा

व्यवसाय डिजिटल बनाउन ‘पठाओ कमर्स’ सुरु : च्याट, अर्डर, इन्भेन्ट्री र डेलिभरी एउटै सिस्टममा

सजिलो पाना
सोमवार, श्रावण २५ २०८३
सजिलो पाना
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । पठाओ पार्सलमार्फत १२ हजारभन्दा बढी व्यवसायीलाई नेपालभर सामान डेलिभरी गर्न समन्वय गर्दै आएको पठाओले अब नेपाली अनलाइन व्यवसायीका निम्ति ‘पठाओ कमर्स’ नामक डिजिटल बिजनेस म्यानेजमेन्ट सिस्टम सार्वजनिक गरेको छ ।

    अनलाइन व्यापार गर्ने व्यवसायीलक्षित यो कमर्समार्फत व्यवसाय गर्न सहज र सरल सिस्टमबाट ‘सिम्प्लीफाई योर अनलाइन बिजनेस’ भन्ने अवधारणाका साथ सार्वजनिक गरिएको हो । यसमार्फत व्यवसायीले सामाजिक सञ्जाल, अर्डर, इन्भेन्टोरी, वेबसाइट, डेलिभरीलगायत दैनिक व्यावसायिक काम एउटै प्रणालीबाट व्यवस्थापन गर्न सक्नेछन् ।

    पठाओ कमर्समार्फत हाल फेसबुक र ह्वाट्सएपका मेसेज एउटै इनबक्समा ल्याएर ग्राहकसँग च्याट गर्दागर्दै अर्डर लिन सकिन्छ । आएको अर्डरलाई पठाओ पार्सलमार्फत नेपालभर डेलिभरी गर्न सकिनेछ । आउँदा दिनमा इन्स्टाग्राम र टिकटकलाई समेत यसमा जोड्ने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार, पठाओ कमर्सले च्याटदेखि अर्डर लिने र डेलिभरीसम्मको प्रक्रियालाई एउटै प्रवाहमा जोड्ने सुविधा नेपालमा पहिलोपटक उपलब्ध गराएको हो । व्यवसायीले दराज एप, आफ्नै वेबसाइट तथा अरू अनलाइन स्टोरलाई समेत पठाओ कमर्समा जोडेर विभिन्न माध्यमबाट आएका अर्डर र स्टक एउटै ड्यासबोर्डबाट व्यवस्थापन गर्न सक्नेछन् । शपिफाई र वु–कमर्सजस्ता प्लाटफर्म पनि चाँडै जोडिने कम्पनीको भनाइ छ ।

    पठाओ कमर्समार्फत व्यवसायीले आफ्नो व्यापारका निम्ति निःशुल्क वेबसाइट बनाउन र अनलाइन स्टोरलाई पठाओ शपमा समेत लाइभ गर्न सक्नेछन् । वेबसाइट, सामाजिक सञ्जाल तथा पठाओ शपबाट आएका अर्डरलाई एउटै ठाउँबाट व्यवस्थापन गरी पठाओ पार्सलमार्फत डेलिभरी गर्न सकिनेछ ।

    विशेष गरी सामाजिक सञ्जालमार्फत व्यवसाय गर्ने व्यवसायी, दराज एपका बिक्रेता, साना तथा मझौला व्यवसाय तथा व्यवसायउन्मुख नेपाली ब्रान्डलक्षित पठाओ कमर्समा पहिला एक हजार व्यवसायलाई चालु आर्थिक वर्षभर निःशुल्क उपलब्ध रहनेछ । नयाँ दर्तामा ३० दिनको निःशुल्क ट्रायल उपलब्ध हुनेछ ।

    त्यसपछि सेवा मासिक चार हजार ९९९ वा वार्षिक ४९ हजार ९९९ मा प्रयोग गर्न सकिनेछ । कम्पनीका अनुसार, यस्तै प्रकारका डिजिटल सिस्टमको बजार मूल्य वार्षिक एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्ने गर्छ ।

    पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीका अनुसार, यो सिस्टमले नेपाली व्यवसायको दैनिक सञ्चालनलाई सरल बनाउन र उनीहरूलाई डिजिटल युगमा प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । “यो आगामी पाँच वर्षमा नेपालको डिजिटल इकोनोमीलाई १० गुणाले बढाउने हाम्रो लक्ष्यलाई साकार पार्नतर्फ एउटा कदम पनि हो,” थकालीले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij