काठमाडौं । नेपाली उपभोक्ताहरूको विद्युतीय सामग्री खरिद गर्ने शैलीमा पछिल्लो समय उल्लेख्य परिवर्तन आएको छ। केही वर्षअघिसम्म सामग्रीको मूल्य र सस्तोपनमा मात्र केन्द्रित हुने उपभोक्ताहरू अहिले गुणस्तर, प्रविधि, ऊर्जा बचत र बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) प्रति सचेत हुन थालेका छन्।
उपभोक्ताको यही बदलिँदो सोचलाई सम्बोधन गर्दै ‘सिजी डिजिटल’ ले देशभर रहेका आफ्ना २८ वटा शोरूममार्फत केवल सामान बिक्री मात्र नगरी ‘परामर्श केन्द्र’ का रूपमा सेवा प्रवाह गरिरहेको जनाएको छ ।
सिजी डिजिटल तथा एलजी ब्रान्ड शपमा पुग्ने ग्राहकले अहिले मूल्यसँगै “यो सामान मेरो परिवारका लागि कति उपयुक्त छ ?”, “यसले बिजुली कति बचाउँछ ?” र “वारेन्टी तथा मर्मतको सुविधा कस्तो छ ?” जस्ता प्रश्नहरू गर्न थालेकाो र शोरूममा रहेका बिक्री परामर्शदाताले ग्राहकको बजेट मात्र नभई उनीहरूको परिवार संख्या, प्रयोग गर्ने तरिका र आवश्यकता बुझेर सही उत्पादन छनोट गर्न मद्दत पुर्याउने गरेको कम्पनीले जनाएको छ ।
एउटै छानामुनि विश्वप्रख्यात ब्रान्डहरू
सिजी डिजिटलको नेटवर्कमा एलजी (LG), सिजी (CG), टिसीएल (TCL), गोदरेज (Godrej), मिडिया (Midea), क्रम्पटन, बेको, सेन्सेई, केन्ट, एलिका जस्ता नाम चलेका घरायसी उपकरणका ब्रान्डहरू उपलब्ध छन्। यस्तै, नथिङ (Nothing), मोटोरोला र एआई प्लस (Ai+) जस्ता मोबाइल ब्रान्डहरू पनि एउटै स्थानमा पाइन्छन्। धेरै ब्रान्ड र मोडलहरू उपलब्ध हुँदा ग्राहकलाई मूल्य, डिजाइन, क्षमता र ऊर्जा दक्षता तुलना गरी आफ्नो जीवनशैलीअनुसार निर्णय लिन सहज भएको सीजीले जनाएको छ ।
विद्युतीय सामग्रीको वास्तविक अनुभव खरिदपछिको प्रयोग र सेवामा निर्भर हुने भन्दै सिजी डिजिटल तथा सिजी इलेक्ट्रोनिक्सले बलियो सेवा संरचना तयार पारेको जनाएको छ । आधिकारिक सेवा केन्द्रमार्फत मर्मत, वारेन्टी प्रक्रियाको स्पष्टता र टोल-फ्री नम्बरमार्फत ग्राहकलाई सहायता प्रदान गरिँदै आएको छ ।



