आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

भोटेकोशी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा पूर्ण रूपमा क्षतिग्रस्त

भोटेकोशी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा पूर्ण रूपमा क्षतिग्रस्त

सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट प्रभावित क्षेत्रमा कार्यरत बैंकका सबै कर्मचारी सुरक्षित स्थानमा रहेको बैंकले जनाएको छ ।

    बाढीका कारण रसुवास्थित स्याफ्रुबेँसी शाखा र नुवाकोटस्थित बेत्रावती शाखा कार्यालय रहेको भवन नै बाढीले बगाएको छ । त्यस्तै, त्रिशूली शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई माटोले पुरिएको बैंकले जनाएको छ ।

    तीनवटै शाखा कार्यालयमा पूर्ण रूपमा क्षति पुगेकाले अर्को व्यवस्था नभएसम्मका लागि शाखा बन्द रहने बैंकले जानकारी दिएको छ ।

    प्रभावित क्षेत्रमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई आवश्यक परे हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारीसमेत बैंकले गरेको जनाएको छ ।

    अकल्पनीय रूपमा आएको भीषण बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिप्रति बैंकले दुःख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ ।

    साथै, हालसम्म सम्पर्कमा नआएका नागरिकको सकुशल उद्धारका साथै बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना बैंकले गरेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij