आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

बाढी प्रभावितलाई एलपी ग्यास व्यवसायीले साढे १२ सय सिलिन्डर उपलब्ध गराउने

बाढी प्रभावितलाई एलपी ग्यास व्यवसायीले साढे १२ सय सिलिन्डर उपलब्ध गराउने

सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि १ हजार २ सय ५० थान भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ । संघ अध्यक्ष दिवानबहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

    विपद् कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइ मध्यनजर गरी संघले यो सहयोगको हात बढाएको उनले बताए ।

    संघले उपलब्ध गराउने १ हजार २ सय ५० थान एलपी ग्यासका भरी सिलिन्डर नेपाल आयल निगम मार्फत लक्षित वर्गमा पुग्ने गरी वितरण गरिने छ ।

    १० भदौ बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत जिल्लामा भएको जनधनको क्षतिप्रति संघले दु:ख व्यक्त गरेको छ ।

    यस कठिन परिस्थितिमा सबै निकाय मानवीय कार्यमा जुटिरहेको उल्लेख गर्दै संघले आफ्ना तर्फबाट पनि सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त राहत सामग्री प्रदान गर्न लागेको जनाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij