आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड जम्मा गर्ने

कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड जम्मा गर्ने

सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट एकमुष्ट रूपमा एक करोड रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

    पार्टी पदाधिकारी र केन्द्रीय सदस्य सम्मिलित आइतबार बसेको बैठकले पार्टीका विभिन्न तहका कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टी सदस्यलाई विपद् कोषमा सहयोग रकम जम्मा गर्न आग्रह गरेको छ ।

    त्यस्तै, मोहन आचार्यको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिलाई प्रत्येक गाउँपालिका र नगरपालिकाको वडा स्तरसम्म सम्पर्क गरी प्रभावित परिवारको विवरण तयार गर्न निर्देशन दिइएको छ ।

    समितिलाई प्रभावितको समस्या र आवश्यकता पहिचान गरी पार्टीले गर्नुपर्ने समन्वय, सहजीकरण तथा सहयोगका सम्बन्धमा सिफारिस गर्न पनि बैठकले निर्देशन दिएको पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij