मंगलवार, कार्तिक ११ गते २०८३    

मंगलवार, कार्तिक ११ गते २०८३    

एनपीएल-३ को उद्घाटन खेलमा प्रधानमन्त्री बालेन शाहको उपस्थिति

एनपीएल-३ को उद्घाटन खेलमा प्रधानमन्त्री बालेन शाहको उपस्थिति

सजिलो पाना
सोमवार, कार्तिक १० २०८३
सजिलो पाना
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित भएका छन् ।

    सोमबार त्रिवि रंगशालामा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच भइरहेको खेलमा प्रधानमन्त्री बालेन उपस्थित भएका हुन् ।

    खेलमा लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ ।

    लुम्बिनी प्रतियोगिताको साविक विजेता हो । गत सिजन टोलीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसैले टोली यस सिजन उपाधि रक्षा गर्ने लक्ष्यमा छ । तर, टोलीले दुई संस्करण खेलिसक्दा पनि समूह चरणमा सुदूरपश्चिमलाई हराउन सकेको छैन ।

    यता, सुदूरपश्चिम भने दुवै संस्करणको उपविजेता हो । गत सिजनसँगै टोलीले पहिलो सिजनमा फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटको हार व्यहोरेको थियो । त्यसैले यस संस्करण उक्त पीडा भुलाउँदै उपाधि जित्ने दाउमा छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij