आइतवार, आश्विन २५ गते २०८३    

आइतवार, आश्विन २५ गते २०८३    

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

सजिलो पाना
शुक्रवार, आश्विन २३ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभाले कुल १०।५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको साधारण सभा २०८३ असोज २२ गते बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको हो ।

    साधारण सभाले हाल कायम चुक्ता पुँजीको ६.५२६३ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ ।

    बैंकको हाल कायम जारी तथा चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा रहेको छ । यसअनुसार बैंकले २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा नगद लाभांश र १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ ।

    बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ ।

    साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ । संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा चयन भएका छन् । त्यसैगरी, सर्वसाधारण सेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा निर्वाचित भएका छन् ।

    नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

    साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ ।

    संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकता दिँदै आएको बैंकले हाल देशभरका १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा सेवा विस्तार गर्दै ग्राहकलाई थप सहज र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij