शनिवार, कार्तिक १५ गते २०८३    

शनिवार, कार्तिक १५ गते २०८३    

सांग्रिला डेभलपमेन्ट बैंकको २२औं वार्षिकोत्सव सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको २२औं वार्षिकोत्सव सम्पन्न

सजिलो पाना
शुक्रवार, कार्तिक १४ २०८३
सजिलो पाना
शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवा र विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

    बैंकले हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोस्टमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ। शिविरमा प्रसूति रोग विशेषज्ञमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। त्यस्तै सिमकोट–२ स्थित रामदेव माध्यमिक विद्यालयका १०३ विद्यार्थीलाई विद्यालय पोसाक र स्टेशनरी सामग्री वितरण गरिने जनाएको छ।

    यसैगरी रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुङ्ग्री हेल्थपोस्टलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेट उपलब्ध गराउने बैंकले घोषणा गरेको छ।

    बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ दिने संस्थापक, सञ्चालक, ग्राहक, शेयरधनी, कर्मचारी तथा नियामक निकायप्रति आभार व्यक्त गरेका छन्।

    प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकका सेवालाई थप आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए। कार्यक्रममा पाँच र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।

    बैंकले हाल देशभरका १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा दिँदै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्ने बैंकले जनाएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij