शुक्रवार, कार्तिक १४ गते २०८३    

शुक्रवार, कार्तिक १४ गते २०८३    

मुक्तिनाथ विकास बैंक र इन्फोडेभलपर्सबीच कोर बैंकिङ प्रणाली कार्यान्वयन सम्झौता

मुक्तिनाथ विकास बैंक र इन्फोडेभलपर्सबीच कोर बैंकिङ प्रणाली कार्यान्वयन सम्झौता

सजिलो पाना
शुक्रवार, कार्तिक १४ २०८३
सजिलो पाना
शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र इन्फोडेभलपर्स प्रालिबीच आधुनिक कोर बैंकिङ प्रणाली ‘पुमोरी नेक्स्टजेन’ कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नुका साथै प्रविधिगत पूर्वाधारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत प्रेम थापा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रजय नेपालको उपस्थितिमा हस्ताक्षर गरिएको हो।

    इन्फोडेभलपर्सद्वारा विकसित ‘पुमोरी नेक्स्टजेन’ आधुनिक, वेबमा आधारित तथा एपीआईसँग एकीकृत कोर बैंकिङ प्रणाली हो। यसले बैंकिङ कारोबारलाई प्रभावकारी, सुरक्षित र विस्तारयोग्य बनाउन सहयोग गर्नेछ।

    यस प्रणालीको एपीआईमा आधारित संरचनाले डिजिटल बैंकिङ च्यानल, तेस्रो पक्षका एप्लिकेसन, भुक्तानी प्रणाली तथा अन्य व्यावसायिक प्रणालीसँग सहज रूपमा एकीकरण गर्न सक्नेछ। यसबाट बैंकलाई नयाँ प्रविधि अपनाउन र डिजिटल वित्तीय सेवाको विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।

    यस सहकार्यमार्फत इन्फोडेभलपर्सले मुक्तिनाथ विकास बैंकको कोर बैंकिङ पूर्वाधार आधुनिकीकरणमा सहयोग गर्नेछ। आधुनिक प्रविधिको प्रयोगबाट बैंकले ग्राहकलाई छिटो, सुरक्षित र सहज वित्तीय सेवा प्रदान गर्न सक्ने विश्वास गरिएको छ।

    यो सहकार्य नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा डिजिटल प्रविधिको क्षमता विस्तार र आधुनिक वित्तीय पूर्वाधार निर्माण गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij