शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य

अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य

सजिलो पाना
शुक्रवार, आश्विन ९ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । अफगानिस्तानले एसियाली खेलकुदमा नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    जापानको कोरोगी एथलेटिक पार्कमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०२ रनको योगफल तयार पारेको थियो । 

    अफगानिस्ताका फैसल खान अहमदजाइ र नजिबुल्लाह जाद्रनले ३०–३० तथा नाङ्ग्याल खरोटीले अविजित १७ रन बनाए । नेपालका कुशल भुर्तेलले चार र ललितनारायण राजवंशीले तीन विकेट लिए । 

    नेपाल जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छ । यता, अफगानिस्तान पनि लगातार दोस्रो जितसँगै क्वार्टरफाइनलमा स्थान पक्का गर्ने सोचमा छ । 

    पहिलो खेलमा अफगानिस्तानले घरेलु टोली जापानलाई ४८ रनले पराजित गरेको थियो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij