आइतवार, आश्विन २५ गते २०८३    

आइतवार, आश्विन २५ गते २०८३    

बूढीगण्डकीमा आएको बाढी आरुघाट पुग्न ३ घण्टा लाग्ने ,प्राधिकरणले पठायो एसएमएस अलर्ट

बूढीगण्डकीमा आएको बाढी आरुघाट पुग्न ३ घण्टा लाग्ने ,प्राधिकरणले पठायो एसएमएस अलर्ट

सजिलो पाना
आइतवार, आश्विन २५ २०८३
सजिलो पाना
आइतवार, आश्विन २५ २०८३
  • काठमाडौं । आइतबार बिहानै बूढीगण्डकी नदीमा ठूलो बाढी आएको छ । बूढीगण्डकी नदीमा आएको बाढी आरुघाटसम्म पुग्न ३ घण्टा लाग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए ।

    "बूढीगण्डकीमा आएको बाढी आरुघाट पुग्न ३ घण्टा लाग्छ," उप्रेतीले बाह्रखरीसँग भने, "तल्लो तटीय क्षेत्रमा जोगिनका लागि धेरै समय छ ।"

    उनले तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक भएको बताए । सिर्दीबास, जगत, यारी, तातोपानी, सोती आरुखोलालगायत क्षेत्रमा त्यसले असर गर्ने उनले बताए ।

    "हामीले एसएमएस अलर्ट पाठाइसकेका छौँ," उप्रेतीले भने ।

    बाढी कसरी र कहाँबाट सुरु भयो भन्ने बारे यकिन विवरण प्राप्त भइनसकेको उनले बताए ।

    "त्यो हिमालसँग जोडिएको नदी हो । काहीँ पहिरो गएर थुनिएर पनि आएको हुन सक्छ," उनले भने, "एकदमै धेरै माथि छ । तल आउन ३/४ घण्टा समय लाग्छ ।"

    बाढी आए पनि सो क्षेत्रमा पानी नपरेको उनले बताए । "पानी नपरेको हुनाले थाहा भएन । नदी थुनिएर भएको..." उप्रेतीले  भने, "हाम्रो स्टेसनसम्म अहिलेसम्म पुगेको छैन । हाम्रो स्टेसन भनेको आरुघाटमा छ ।"

    उनले तल्लो तटीय क्षेत्रमा जोगिनका लागि उच्च सतर्कता अपनाउन उनले आग्रह गरे ।

    माथिल्लो भेगमा भने केही क्षति पुर्‍याएको तर, पूरा विवरण भने प्राप्त भइनसकेको उनले बताए ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij