काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा मुक्तिनाथ क्यापिटल लिमिटेडले चाबहिलस्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीलाई धितोपत्र तथा पुँजी बजारसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले असोज २३, २०८३ मा आयोजित कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थी सहभागी भएका थिए ।
कार्यक्रममा विद्यार्थीलाई शेयर लगानीका आधारभूत विषय, लगानी गर्दा ध्यान दिनुपर्ने पक्ष तथा जोखिम व्यवस्थापनका उपायबारे जानकारी दिइएको थियो । साथै, धितोपत्र व्यवसायअन्तर्गत मर्चेन्ट बैंकिङका गतिविधिबारे समेत जानकारी गराइएको थियो ।
पुँजी बजारमा लगानी गर्दा सम्भावित जोखिम पहिचान र व्यवस्थापन गर्नुका साथै सुरक्षित लगानीका अभ्यास अपनाउनुपर्ने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो । वित्तीय साक्षरता अभिवृद्धिमार्फत विद्यार्थीलाई पुँजी बजारबारे व्यावहारिक ज्ञान प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।




