काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश (छोटो, मध्यम र लामो दूरी)मा चल्ने विद्युतीय शक्तिबाट संचालन हुने सार्वजनिक सवारीको भाडा दर सार्वजनिक गरेको छ ।
विभागले शुक्रबार विद्युतीय सवारीको डेढ वर्ष अघि समायोजित भाडादरको सूची प्रकाशित गरेको हो । विभागले चाडपर्वको बेला सबैको जानकारीका लागि यसअघि नै निर्धारण गरिएको भाडादार सार्वजनिक गरेको हो ।
विभागका अनुसार तराईको लामो दूरी (२५० किलोमिटरभन्दा बढी) पक्की र ग्राभेल बाटोमा प्रति किलोमिटर प्रति व्यक्ति २.९३ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, २५ देखि २५० किमीसम्मको दूरीमा ३ रुपैयाँ, काठमाडौं–पोखरा र पोखरा–नारायणगढ खण्डका लागि प्रति किलोमिटर ३.२४ रुपैयाँ कायम गरिएको विभगाले जनाएकोछ ।
उक्त भाडादरमा यातायात कार्यालयबाट डिलक्स सुविधा लिएको प्रमाणित भएका सवारी साधनले तोकिएको सामान्य भाडा दरमा २० प्रतिशत र सुपर डिलक्स सुविधा लिएका सवारी साधनले डिलक्सको भाडा दरमा थप २० प्रतिशत रकम जोडेर लिन पाउने विभागले जनाएको छ ।




