शनिवार, आश्विन ३ गते २०८३    

शनिवार, आश्विन ३ गते २०८३    

लुम्बिनी लायन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच साझेदारी

लुम्बिनी लायन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच साझेदारी

सजिलो पाना
शुक्रवार, आश्विन २ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० २०२६ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम डेभलपमेन्ट बैंक पार्टनर’का रूपमा निरन्तरता दिएको छ ।

    सम्बन्धित सम्झौतापत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका टिम म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन् ।

    आचार्यले शाइन रेसुंगा लुम्बिनी प्रदेशमा स्थापना भएको प्रदेशकै एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएकाले साझेदार बनाइएको बताए । बैंकसँगको साझेदारीले खेलाडीमा लगानी गर्न सहज हुनुका साथै टोलीको हौसला बढेको उनको भनाइ छ ।
    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले क्रिकेटको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टोलीसँग सहकार्य गरिएको बताए ।

    बैंकका चिफ ब्रान्ड अफिसर प्रभास राईले एनपीएलको दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्ससँगको साझेदारीले लुम्बिनी प्रदेशको ब्रान्डिङ तथा पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।
    एनपीएलको दोस्रो संस्करणमा पनि शाइन रेसुंगा लुम्बिनी लायन्सको डेभलपमेन्ट बैंक पार्टनर रहेको थियो । तेस्रो संस्करणमा सोही साझेदारीलाई निरन्तरता दिइएको हो ।
    नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुँदैछ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij