काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४५ कम्पनीको २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ७४ करोडमाथिको सेयर कारोबार भएको छ ।




