शुक्रवार, आश्विन २३ गते २०८३    

शुक्रवार, आश्विन २३ गते २०८३    

कांग्रेस महाधिवेशनः फेरि सर्‍यो मतदान समय, अब दिउँसो १ बजेदेखि

कांग्रेस महाधिवेशनः फेरि सर्‍यो मतदान समय, अब दिउँसो १ बजेदेखि

सजिलो पाना
बिहिवार, आश्विन २२ २०८३
सजिलो पाना
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानको समय फेरि सारिएको छ । यसअघि बिहान १० बजेका लागि तय गरिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

    मतपत्र छपाइ तथा मतदानको तयारी पूरा गर्न समय लागेकाले मतदान तीन घण्टा पछाडि सारिएको हो। यसअघि भारी वर्षा तथा प्राविधिक कारण देखाउँदै बिहान ७ बजेको समय १० बजे सारिएको थियो।

    महाधिवेशनका ७ हजार २५५ प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली बुधबार सार्वजनिक भइसकेको छ।

    मतदानका लागि काठमाडौंका राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा सात मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिको प्रदेश तथा समूहअनुसार केन्द्र निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ।

    मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ भने निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री, विशेषगरी मोबाइल फोन, मतदानस्थलमा लैजान रोक लगाइएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij