मंगलवार, भाद्र २३ गते २०८३    

मंगलवार, भाद्र २३ गते २०८३    

नाइमाले बाढी प्रभावितलाई दियो ५० लाख

नाइमाले बाढी प्रभावितलाई दियो ५० लाख

सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले भोटेकोशी बाढी प्रभावितहरुको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ।

    नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यसहितको टो टोलिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

    नाइमा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन् ।

    उनले विशेषगरी नाइमाका सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको उल्लेख गरिन् ।

    उनले संकट र विपद्का समयमा नाइमा सधैं सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता समेत व्यक्त गरिन । ‘यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,’ उनले भनिन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij