मंगलवार, भाद्र २३ गते २०८३    

मंगलवार, भाद्र २३ गते २०८३    

एनआईएमबीका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख धरौटीमा रिहा

एनआईएमबीका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख धरौटीमा रिहा

सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

    स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा प्रतिवादी बनाइएका पाँडे सोमबार जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसका लागि उपस्थित भएका थिए । बहसपछि न्यायाधीश नवराज दुलालको इजलासले उनलाई ४० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

    उनीविरुद्ध संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

    स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा साउन २७ गते पाँडेसहित २२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

    यसअघि सोही प्रकरणमा एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्योति प्रकाश पाण्डे पनि अदालतको आदेशअनुसार ८० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij