सोमवार, भाद्र १५ गते २०८३    

सोमवार, भाद्र १५ गते २०८३    

बाढीपहिरोका कारण अवरुद्ध छन् यी सडक

बाढीपहिरोका कारण अवरुद्ध छन् यी सडक

सजिलो पाना
सोमवार, भाद्र १५ २०८३
सजिलो पाना
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । भोटेकोसी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७  कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध छ । त्यसैगरी ओखलढुंगास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ र ७ लाई जोड्ने सडक पनि अवरुद्ध छ ।

    त्यसैगरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँसीसहर मनाङ सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij