शुक्रवार, भाद्र ५ गते २०८३    

शुक्रवार, भाद्र ५ गते २०८३    

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोहीका परिवारलाई नेको इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोहीका परिवारलाई नेको इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

सजिलो पाना
शुक्रवार, भाद्र ५ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको हिमपहिरोमा परी विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा मृत्यु हुनेमध्ये ५ जना नेपाली नागरिक रहेका थिए ।

    सोही दुर्घटनामा परी मृत्यु भएका नेपाली नागरिक ग्यालु शेर्पा र ङाङ ठिन्डु शेर्पाका परिवारका सदस्यलाई ट्रेकिङ तथा एक्सपेडिसन बीमाअन्तर्गतको बीमा दाबी रकम नेको इन्स्योरेन्स लिमिटेडले भुक्तानी गरेको छ । उक्त ट्रेकिङ तथा एक्सपेडिसन बीमा सेभेन समिट ट्रेक्स प्रालिमार्फत गरिएको थियो ।

    नेको इन्स्योरेन्सले आवश्यक प्रक्रिया पूरा गरी दाबीको शीघ्र छानबिन तथा मूल्याङ्कनपश्चात बीमा दाबी भुक्तानी गरेको हो । विपद्को कठिन समयमा बीमितका परिवारलाई आर्थिक राहत तथा सहयोग प्रदान गर्नु बीमाको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

    सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले नेको इन्स्योरेन्स लिमिटेडले गरेको शीघ्र दाबी भुक्तानीप्रति खुशी व्यक्त गर्दै भने, “ट्रेकिङ तथा एक्सपेडिसन व्यवसायमा शेर्पाहरू मेरुदण्डका रूपमा रहेका छन्। यस्तो कठिन परिस्थितिमा नेको इन्स्योरेन्सले गरेको शीघ्र तथा सहज दाबी भुक्तानीले पीडित परिवारलाई ठूलो राहत पुगेको छ । यसका लागि हामी नेको इन्स्योरेन्सप्रति आभारी छौँ ।”

    इन्स्योरेन्सका नायव प्रमुख कार्यकारि अधिकृत पवन थापाले बीमा केवल जोखिम हस्तान्तरणको माध्यम मात्र नभई दुर्घटना तथा विपद्को समयमा बीमित तथा उनका परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण आधार भएको उल्लेख गर्दै, विशेषगरी ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा कार्यरत जनशक्तिका लागि उपयुक्त बीमा सुरक्षाको महत्वमा जोड दिएका थिए ।

    कम्पनीले आगामी दिनमा पनि बीमित तथा सेवाग्राहीलाई छिटो, सरल र प्रभावकारी दाबी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij