काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार पनि सुनको भाउ एकैदिन ९ हजार ३ सय रुपैयाँले बढेको थियो।
यस्तै, चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।




