आइतवार, श्रावण २४ गते २०८३    

आइतवार, श्रावण २४ गते २०८३    

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनमैत्री अस्पतालबीच नगद रहित सेवा सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनमैत्री अस्पतालबीच नगद रहित सेवा सम्झौता

सजिलो पाना
मंगलवार, श्रावण ५ २०८३
सजिलो पाना
मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालाजुमा रहेको जनमैत्री अस्पताल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूपा श्रेष्ठले हस्ताक्षर गरे ।

    यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म जनमैत्री अस्पतालबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

    साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जनमैत्री अस्पतालले आफना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

    सोही अवसरमा कार्यकारी निर्देशक स्वरूपा श्रेष्ठले अस्पतालसँग सन्तुष्ट ग्राहकमहानुभावहरुको संख्यामा क्रमशः वृद्धि हुँदै गएको, कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij