सोमवार, भाद्र १५ गते २०८३    

सोमवार, भाद्र १५ गते २०८३    

एनसेलको थ्रीजी सेवा बन्द हुँदै

एनसेलको थ्रीजी सेवा बन्द हुँदै

सजिलो पाना
सोमवार, आषाढ १५ २०८३
सजिलो पाना
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । एनसेलले थ्रीजी सेवा बन्द गर्ने तयारी गरेको छ । नयाँ प्रविधिमा आधारित सेवा विस्तार गर्ने योजनाअनुसार कोसी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा असार २२ गतेदेखि थ्रीजी सेवा बन्द गर्न लागेको हो । कम्पनीले उच्च गुणस्तरको भ्वाइस तथा डाटा सेवा उपलब्ध गराउने उद्देश्यले ग्राहकलाई भोल्टे सेवा सक्रिय गर्न आग्रह गरेको छ ।

    कम्पनीका अनुसार भोल्टे सेवा सक्रिय गर्न *१७१३# डायल गर्न वा मोबाइलको सेटिङमा गएर भोल्टे ‘अन’ गर्न सकिने जनाएको छ । भोल्टे प्रयोग गरेपछि ग्राहकले अझ स्पष्ट आवाज र गुणस्तरीय डाटा सेवाको अनुभव लिन सक्ने एनसेलको दाबी छ ।

    एनसेलका अनुसार हाल देशको करिब ९५ प्रतिशत जनसंख्यामा फोरजी नेटवर्क विस्तार भइसकेको छ । त्यसैले पुरानो थ्रीजी सेवालाई क्रमशः बन्द गर्दै ग्राहकलाई आधुनिक प्रविधिमा आधारित छिटो, भरपर्दो र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने अभियानलाई कम्पनीले अगाडि बढाइरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij