सोमवार, भाद्र १५ गते २०८३    

सोमवार, भाद्र १५ गते २०८३    

कोरोनाको नयाँ भेरिएन्टबाट महिलाको मृत्यु

कोरोनाको नयाँ भेरिएन्टबाट महिलाको मृत्यु

सजिलो पाना
मंगलवार, आषाढ १० २०८२
सजिलो पाना
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण नेपालमा पहिलो मृत्यु पुष्टि भएको छ । इलामको सूर्योदय नगरपालिकाकी एक ५० वर्षीया महिलाको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मृतकलाई झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट थप उपचारका लागि नोबेल मेडिकल कलेजमा सोमबार भर्ना गरिएको थियो ।

    अस्पतालमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो । तर अवस्था गम्भीर बन्दै गएपछि मंगलबार बिहान ६ बजे उनको मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार मृतकलाई कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण पुष्टि भएको थियो । उनी विगत सातादेखि बिरामी थिइन् । मृत्यु पश्चात शव परिवारले बुझिसकेको मोरङ प्रहरीले जनाएको छ । 

    कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण दर पुनः बढ्दै गएको देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, झापा र इलाममा गरी हालसम्म ८ जनामा नयाँ भेरिएन्टको कोरोना पुष्टि भएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij