काठमाडौं। साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। गत साता २ प्रतिशतभन्दा बढीले बढेको बजार यो साताको पहिलो कारोबार दिनमै १ प्रतिशतभन्दा बढीले ओरालो लागेको हो।
आज कारोबारको अन्त्यमा नेप्से परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको छ। यो गत साताको अन्तिम कारोबार दिनको तुलनामा १.२१ प्रतिशतको गिरावट हो।
आज बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कुल २५२ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २१ कम्पनीको मात्रै मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।




