शनिवार, आश्विन २४ गते २०८३    

शनिवार, आश्विन २४ गते २०८३    

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ७० अर्ब खिच्दै

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ७० अर्ब खिच्दै

सजिलो पाना
शुक्रवार, आश्विन २३ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले शुक्रबार असोज २३ गते ६१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो ।

    राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । उपकरणको निष्कासन पनि आजै हुनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी मंसिर २३ गते गरिनेछ ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ७० अर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । आवेदन रकम १० करोड रुपैयाँले भाग जाने गरी हुनुपर्नेछ ।

    यस उपकरणको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाले विभिन्न ब्याजदरमा समेत बोल गर्न सक्नेछन् । बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलकर्तालाई पहिलो प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।

    समान ब्याजदरमा प्राप्त बोल रकम कुल आह्वान रकमभन्दा बढी भएमा समानुपातिक अर्थात् प्रो–राटा आधारमा बाँडफाँड गरिनेछ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij