शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

कोरला नाका हुँदै नेपाल भित्रिँदै लिपमोटर B10 , डेलिभरी छिट्टै हुने

कोरला नाका हुँदै नेपाल भित्रिँदै लिपमोटर B10 , डेलिभरी छिट्टै हुने

सजिलो पाना
शुक्रवार, भाद्र १९ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं। नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले लिपमोटर B10 को आपूर्ति तथा ढुवानी प्रणालीमा परिमार्जन गरेको छ । सामान्यतया चीनबाट रसुवागढी नाका हुँदै गाडीहरू आयात गरिने भए तापनि, हालै रसुवा क्षेत्रमा आएको बाढीका कारण उक्त मार्गमा अस्थायी अवरोध सिर्जना भएको छ । 

    सम्भावित ढिलाइलाई रोक्दै ग्राहकहरूलाई तोकिएकै समयमा गाडी उपलब्ध गराउन सांग्रिला मोटर्सले लिपमोटर B10 गाडीहरू मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याउन सुरु गरेको छ । यससँगै ग्राहकहरूलाई गाडी डेलिभरी गर्ने कार्य छिट्टै सुरु हुनेछ ।

    नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा लिपमोटर B10 ले पाएको उत्साहजनक प्रतिक्रिया तथा अत्यधिक बुकिङलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो । ग्राहकहरूको यही उच्च मागलाई छिटोभन्दा छिटो पूरा गर्न सांग्रिला मोटर्सले कोरला नाकाबाट हुने ढुवानी तथा भन्सार जाँचपासको प्रक्रियालाई तीव्र बनाएको छ, जसले गर्दा देशभरका खरिदकर्ताहरूले सहज र द्रुत रूपमा गाडी प्राप्त गर्न सक्नेछन् ।

    बजेट भाषणपछि लिपमोटर B10 को मूल्य घटेसँगै यो ईभी पारखीहरूमाझ थप लोकप्रिय बनेको छ । रु. ५४.९९ लाख मूल्य तोकिएको B10 मा १६० किलोवाटको शक्तिशाली रियर ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट आवर्स क्षमताको ब्याट्री रहेको छ, जसले एकपटकको पूर्ण चार्जमा ६०० किलोमिटर सम्मको उत्कृष्ट रेन्ज प्रदान गर्दछ । आरामदायी र व्यावहारिक प्रयोगका लागि निर्मित यस गाडीमा १८० मिमीको ग्राउण्ड क्लियरेन्स रहेको छ । साथै, १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, रेकर्डिङ सुविधासहितको ३६०–डिग्री क्यामेरा, हिटर र भेन्टिलेसन सुविधासहितको प्रिमियम लेदरेट सिट, र यस सेगमेन्टमै सनसेडसहितको सबैभन्दा ठूलो प्यानोरामिक सनरूफ जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन् । 

    facebook sharing button
    messenger sharing button
    twitter sharing button
    whatsapp sharing button
    viber sharing button
    sharethis sharing button

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij