शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

केटीएम इन्ड्युरोमा आकर्षक एक्सचेन्ज अफर, ९.९९ प्रतिशतमा किस्ता सुविधा

केटीएम इन्ड्युरोमा आकर्षक एक्सचेन्ज अफर, ९.९९ प्रतिशतमा किस्ता सुविधा

सजिलो पाना
बिहिवार, भाद्र १८ २०८३
सजिलो पाना
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । केटीएमको इन्ड्युरो आर मोटरसाइकलमा आकर्षक एक्सचेन्ज तथा फाइनान्स सुविधा पाइने भएको छ ।

    नेपालका लागि केटीएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले कम डाउनपेमेन्ट र लामो अवधिको किस्ताबन्दीमा मोटरसाइकल खरिद गर्न चाहानेलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।

    कम्पनीका अनुसार यस अफर अन्तर्गत आफूसँग भएको जुनसुकै ब्राण्डका पुराना मोटरसाइकलसँग नयाँ  केटीएम ३९० इन्ड्युरो आर साट्न सक्नेछन् । एक्सचेन्जमा ग्राहकले १५ हजार रुपैयाँसम्म थप अतिरिक्त भ्यालुएसनको सुविधा पाउने कम्पनीले जनाएका छ ।

    त्यस्तै, यस अफरमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमै इन्ड्युरो घर लैजान सक्नेछन् । इन्ड्युरो आरको मूल्य १० लाख ८४ हजार ९०० रुपैयाँ छ । ग्राहकले सुरुमा ५० प्रतिशत अर्थात् ५ लाख ४२ हजार ४५० रुपैयाँ बुझउनु पर्छ । बाँकी ५ लाख ४२ हजार ४५० रुपैयाँ ३ वर्षसम्मका लागि ऋण पाउने छन् । यस्तो ऋणको ब्याजदर ९.९९ प्रतिशत मात्रै हुने कम्पनीले जनाएको छ । ग्राहकले किस्ताबन्दीमा किन्दा मासिक १७ हजार ५०० रुपैयाँ तिर्नुपर्छ ।

    केटीएम इन्ड्यूरो आरमा अतिरिक्त टर्क प्रदान गर्ने लो इन्ड र मिड रेन्ज पर्फमेन्स ट्युन, स्प्रोकेटिङ ट्वीक गरिएको ३९९ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, एलसी फोरसी, इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम ४६ पीएस पावर तथा ३९ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्ससँगै स्लिपर-असिस्ट क्लच र बाइ डिरेक्सनल क्विक सिफ्टर पनि उपलब्ध छ ।

    साथै, मोटरसाइकलमा ४.२ इन्चको टीएफटी कन्सोल, कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, फोन अलर्ट, म्युजिक कन्ट्रोल, एलईडी लाइट, स्वीचेबल डबल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल, दुई राइडिङ मोड, लन्च कन्ट्रोल सिस्टम, ब्रेक र क्लच लिभर, एड्जस्टेबल पिलियन फुटपेग, ग्रयाब रेल, नकल गार्ड, फ्रन्ट नम्बर प्लेट माउन्ट, इन्जिन गाड लगायतका फिचरहरू पाइन्छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij