शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

बाढी प्रभावित रसुवा तथा आसपासका समुदायलाई दराज नेपालको राहत सहयोग (तस्बिरहरू)

बाढी प्रभावित रसुवा तथा आसपासका समुदायलाई दराज नेपालको राहत सहयोग (तस्बिरहरू)

सजिलो पाना
शुक्रवार, भाद्र १९ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई राहत तथा सहयोग उपलब्ध गराउँदै दराज नेपालले राष्ट्रिय विपद् प्रतिकार्यमा आफ्नो साथ र प्रतिबद्धता दोहोर्याएको छ ।

    यस राहत पहलअन्तर्गत दराज नेपालले करिब ६०० बाढी प्रभावित परिवारलाई लक्षित गर्दै ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरका राहत सामग्री उपलब्ध गराएको छ । साथै, थप आवश्यक सहयोगको योजना तथा तयारीपनि गरिरहेको छ । प्रभावित समुदायलाई तत्काल आवश्यक पर्ने सामग्री पहिचान गर्न दराज नेपालले नेपाल सरकारसँग समन्वय गर्दै ती सामग्रीको खरिद तथा व्यवस्थापनमा पनि सहयोग गरिरहेको छ ।

    हाल उपलब्ध गराइएका राहत सामग्रीमा चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया तथा बिस्कुटलगायत लामो समयसम्म सुरक्षित राख्न सकिने अत्यावश्यक खाद्य सामग्री रहेका छन् । यी राहत सामग्री प्रभावित परिवारसम्म पुर्याउनका लागि नेपाल सरकारलाई प्रत्यक्ष हस्तान्तरण गरिएको छ । यसले राहत सहयोग स्थानीय आवश्यकताअनुरूप लक्षित गर्न तथा सबैभन्दा बढी सहयोग आवश्यक रहेका समुदायसम्म प्रभावकारी रूपमा पुर्याउन सहयोग मिल्ने कम्पनीको अपेक्षा छ ।

    तत्कालीन राहत कार्य अघि बढ्दै गर्दा प्रभावित समुदायमा खाना पकाउने तथा खाना वितरणका लागि आवश्यक भाँडाकुँडा र सामग्रीको आवश्यकता पनि पहिचान भएको छ । दराज नेपालले नेपाल सरकारसँगको समन्वय तथा स्थलगत आवश्यकताको मूल्यांकनका आधारमा राहत सहयोगको आगामी चरणमा यस्ता सामग्री खरिद गर्ने तयारी गरिरहेको छ ।

    हालै आएको विनाशकारी बाढीका कारण नेपालका विभिन्न क्षेत्रमा जनजीवन, रोजगारी तथा जीविकोपार्जन, यातायात र अत्यावश्यक सेवामा समेत गम्भीर असर परेको छ । विपद्को यस अवस्थाले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, आपत्कालीन उद्धारकर्मी तथा अन्य अग्रपंक्तिमा रहेर काम गरिरहेका व्यक्तिहरूमाथि पनि ठूलो दबाब सिर्जना गरेको छ । दराज नेपालले यस्ता विपद्को समयमा सामूहिक प्रयासको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्दै निजी क्षेत्रले सरकार र समुदायसँग सहकार्य गरी आफ्ना स्रोत, क्षमता तथा पहुँचलाई आवश्यक स्थानमा परिचालन गरेर राष्ट्रिय विपद् प्रतिकार्यमा अर्थपूर्ण योगदान पुर्याउन सक्ने जनाएको छ ।

    यसैबीच, बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा आएको अवरोधले विभिन्न क्षेत्रमा लजिस्टिक्स तथा डेलिभरी सेवामा समेत ठूलो चुनौतीको सिर्जना गरेको छ । दराज नेपालका टोलीहरूले आफ्नो लजिस्टिक्स नेटवर्कअन्तर्गतका विभिन्न मार्ग तथा सञ्चालन अवस्थाको निरन्तर निगरानी र मूल्यांकन गरिरहेका छन् । ग्राहक, विक्रेता, डेलिभरी कर्मचारी तथा साझेदारहरूको सुरक्षा कम्पनीको पहिलो प्राथमिकता रहेको दराज नेपालले जनाएको छ ।

    जहाँ अवस्था अनुकूल र सुरक्षित छ, त्यहाँ दराज नेपालले आफ्ना लजिस्टिक्स साझेदार तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा सेवा सञ्चालन तथा पुनःस्थापनाका लागि काम गरिरहेको छ । यद्यपि, प्रभावित क्षेत्रमा सडक तथा यातायातको अवस्थाका कारण केही समयका लागि डेलिभरी तथा सेवामा ढिलाइ वा अवरोध आउन सक्ने कम्पनीले जनाएको छ ।

    दराज नेपालले विपद्को यस अत्यन्त कठिन परिस्थितिमा प्रभावित समुदायको उद्धार तथा सहयोगका लागि निरन्तर खटिरहेका नेपालका आपत्कालीन उद्धारकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य अग्रपंक्तिका सहयोगीहरूप्रति हार्दिक सम्मान र कृतज्ञता व्यक्त गरेको छ ।

    कम्पनीले तत्कालीन राहत चरणपछि पनि आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । तत्कालका उद्धार तथा राहतका आवश्यकता सम्बोधन भइसकेपछि दराज नेपालले नेपाल सरकारसँग निरन्तर समन्वय गर्दै पुनर्निर्माण तथा पुनःस्थापनाका क्षेत्रमा आफ्ना स्रोत र क्षमतामार्फत प्रभावकारी रूपमा योगदान गर्न सकिने सम्भावनाको पहिचान गर्ने जनाएको छ ।

    “यस्तो ठूलो संकटका बेलामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्थलगत आवश्यकतालाई बुझेर छिटो र अर्थपूर्ण रूपमा सहयोग पुर्याउनु हो । प्रभावित परिवार तथा समूदायलाई अत्यावश्यक राहत उपलब्ध गराउन र समग्र विपद् प्रतिकार्यमा सहयोग गर्न हामी नेपाल सरकारको साथमा नजिकबाट समन्वय गरिरहेका छौं ।”, दराज नेपालका प्रबन्ध निर्देशक, बेनयीले भने, “हाम्रो जिम्मेवारी तत्कालीन आपत्कालीनअवस्थासँगै समाप्त हुँदैन । प्रभावित समुदाय पुनःस्थापित हुँदै अघि बढ्ने क्रममा पनि हामी उहाँहरूको साथमा निरन्तर रहनेछौं ।”

    IMG_20260902_103616.jpg
    IMG_20260902_103622.jpg
    lQDPKdgkbOmFBQ_NEADNCQCwzsogpSgpgZ8KabsqXdOWAA_2304_409632r.jpg
    lQDPJxGZfCh7JA_NCQDNEACwbN-BF69DPlsKabsqZ4IkBA_4096_2304.jpg

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij