सोमवार, भाद्र १५ गते २०८३    

सोमवार, भाद्र १५ गते २०८३    

बाढीपीडितको लागि शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङस्द्वारा ११ लाख सहयोग घोषणा

बाढीपीडितको लागि शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङस्द्वारा ११ लाख सहयोग घोषणा

सजिलो पाना
सोमवार, भाद्र १५ २०८३
सजिलो पाना
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा विभिन्न क्षेत्रमा गएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गरेको छ।

    शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि ११० घरधुरीलाई निःशुल्क सिमेन्ट उपलब्ध गराउने निर्णय गरेको हो। कम्पनीका अनुसार प्रत्येक परिवारलाई १०० बोराका दरले कुल ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट उपलब्ध गराइनेछ।

    त्यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ।

    कम्पनीले उक्त सहयोगले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारसँगै विपद्पछिको पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

    विपद्को यस कठिन घडीमा सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन पुनःस्थापनाका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता पनि शिवम् सिमेन्टले जनाएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij