आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्नेहरु पक्राउ

बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्नेहरु पक्राउ

सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । यही भदौं १० गते विहान रसुवामा आएको बाढीमा बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्न कार्यमा संलग्न केही व्यक्तिहरुलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । त्रिशुली नदिले बगाएर ल्याएको बैंकको सेफ फुटाएर एक करोड भन्दा बढि रकम चोरी गर्ने कार्यमा संलग्न २९ जना व्यक्तिहरुलाई धादिङका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा खोजी कार्य हिजोबाट सुरु गरेकोमा आज विहानसम्ममा ९२ लाख ६८ हजार ५०५ रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले बैंकको सेफ फुटाएर पैसा चोर्ने कार्यमा संलग्न केही व्यक्तिहरु पक्राउ परेको पुष्टी गरेका छन् ।

    भदौं १० गते आएको बिनाशक बाढीले टिमुरे, बेत्रावती, त्रिशुली समेतका कूल ९ वटा बैंकका शाखा कार्यालयहरु बगाएको थियो । बाढीले सो क्षेत्रमा रहेका एटिएम मेशिन समेत बगाएको थियो । सो मध्ये एउटा बैंकको सेफ धादिङमा पुर्याएको थियो । अत्याधिक गह्रौं हुने भएकोले बाढीको शक्ति कमजोर भएपछि त्रिशुली नदिबाट किनारामा लगाएको थियो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij