आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो

त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो

सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । आज आएको त्रिशूलीको बाढीले धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा चार वटा घर बगाएको छ।

    स्थानीयका अनुसार बाढीले रामबहादुर अधिकारी, अर्जुन भुजेल, कर्णबहादुर मगर र रामलाल श्रेष्ठको घर बगाएको हो। घर बगाए पनि घटनामा मानवीय क्षति भने भएको छैन।

    बिहान करिब ३:३० बजेतिर ठूलो आवाजसहित रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि धादिङमा सतर्कता अपनाइएको थियो। प्रहरीले माइकिङ गर्दै नदी आसपास रहेको बस्ती खाली गराएको थियो। यस्तै, काठमाडौं–मुग्लिङ सडकखण्डको सवारी आगमनमा रोक लगाएको थियो।

    सोही बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा सडक भासिएको छ। सडकको केही भाग पनि नदीले कटान गरेको छ। बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेका अनुसार दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा रोकिएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij