आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

बाढी पीडितको सहयोगार्थ सरकारको खातामा जम्मा भयो ५ अर्ब

बाढी पीडितको सहयोगार्थ सरकारको खातामा जम्मा भयो ५ अर्ब

सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोगार्थ शनिबार मध्यान्हसम्म पाँच अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमार्फत सहयोग रकमका विषयमा जानकारी गराएका हुन् ।

    प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खाताहरूमा पाँच अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ । हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

    सरकारले हुन सक्ने ठगीबाट बच्न सार्वजनिक गरेको आधिकारिक खाता परीक्षण गरेर मात्र आर्थिक सहयोग गर्न आग्रह गरेको छ । 

    रसुवा बाढीबाट प्रभावित सात हजार ५१४ जनालाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको शाहले भनेका छन्। विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जना मानिसको उद्धार भइसकेको शाहले फेसबुकमा जनाएका छन् ।

    प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरिएको र २३६ उडान भरिसकेको उनले जनाएका छन् ।

    रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेको र शवलाई ’एयर टाइट ब्याग’ मा राखेर व्यवस्थापन गर्ने काम भदरहेको उनले जनाएका छन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij