काठमाडौं। नेपालको अग्रणी पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्सले चाडपर्वलाई लक्षित गर्दै यस वर्ष पनि ‘रंग बहार’ ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई आकर्षक उपहार जित्ने अवसरसहित अभियानलाई निरन्तरता दिएको हो ।
‘बर्जर रंग बहार, उपहारै उपहार; लक्की ड्रको बम्परमा टाटा कर्भ’ भन्ने नाराका साथ ल्याइएको अभियानअन्तर्गत बर्जर पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहकले घरलाई नयाँ रङरूप दिँदै विभिन्न उपहार जित्ने अवसर पाउनेछन् ।
अभियानको मुख्य आकर्षण टाटा कर्भ रहेको कम्पनीले जनाएको छ । यसका साथै विभिन्न घरायसी उपकरणसहित कुल ३६२ वटा आकर्षक उपहार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।
अभियानअन्तर्गत ६५ इन्चको ४के स्मार्ट टिभी एक थान, २५३ लिटरका रेफ्रिजेरेटर दुई थान, ८ केजीका वासिङ मेसिन तीन थान र माइक्रोवेभ ओभन पाँच थानलगायतका उपहार रहेका छन् । त्यस्तै, २–इन–१ कुकटप, एयर फ्रायर, ब्लेन्डर, स्ट्यान्ड फ्यान, स्टिमर, हेयर ड्रायर र टोस्टरलगायतका सामग्री पनि उपहारमा समावेश छन् ।
अभियानमा सहभागी हुन ग्राहकले भ्याटसहित न्यूनतम १ लाख रुपैयाँ बराबरको बर्जर पेन्ट्सका उत्पादन खरिद गर्नुपर्नेछ । यसमध्ये अभियानमा तोकिएका प्रिमियम उत्पादनमध्ये न्यूनतम १२० लिटर खरिद गर्नुपर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभियानमा सहभागी हुने ग्राहकले बर्जर पेन्ट्सका विभिन्न प्रिमियम उत्पादन खरिद गर्नुपर्नेछ । अभियानको विस्तृत नियम, सहभागिताका लागि आवश्यक योग्यता तथा अन्य सर्तबारे बर्जर पेन्ट्सका आधिकारिक माध्यम वा नजिकको अधिकृत डिलरबाट जानकारी लिन सकिनेछ ।
बर्जर पेन्ट्सले गुणस्तरीय पेन्टिङ समाधान प्रदान गर्दै ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले ‘रंग बहार’ अभियान सञ्चालन गर्दै आएको जनाएको छ । अभियानमार्फत ग्राहकको घरलाई नयाँ रङरूप प्रदान गर्ने अनुभवमा थप उत्साह, खुसी र उमङ्ग जोड्ने कम्पनीको उद्देश्य रहेको छ ।




