बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

विमानमा कफी पोखिएर घाइते नेपाली यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति

विमानमा कफी पोखिएर घाइते नेपाली यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति

सजिलो पाना
बुधवार, भाद्र ३ २०८३
सजिलो पाना
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं। उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र अत्यधिक तातो कफी पोखिएर घाइते भएकी नेपाली यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

    अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुर महानगरपालिका–२ की प्रिती थापाको पक्षमा फैसला सुनाउँदै उक्त क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो ।

    सन् २०२३ जुलाई १० मा अमेरिकाको बोस्टनबाट कतारको दोहा हुँदै काठमाडौं आउने क्रममा कतार एयरवेजको उडानमा थापामाथि उक्त घटना भएको थियो । उडानका क्रममा क्याबिन क्रुले उपलब्ध गराएको अत्यधिक तातो कफी थापाको तिघ्रा तथा शरीरका संवेदनशील भागमा पोखिएपछि उनलाई दोस्रो तहको जलन भएको थियो ।

    घटनापछि आफूले विमानभित्र आवश्यक प्राथमिक उपचारसमेत नपाएको र कफीको तापक्रम मापदण्डभन्दा बढी रहेको थापाको दाबी थियो । क्याबिन क्रुको लापरबाहीका कारण शारीरिक तथा मानसिक पीडा भोग्नुपरेको भन्दै उनले क्षतिपूर्तिको मागसहित काठमाडौं उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

    अदालतले घटनाको प्रकृति, यात्रुलाई परेको शारीरिक तथा मानसिक क्षति र सेवाप्रदायकको जिम्मेवारीलाई आधार बनाउँदै थापाको पक्षमा फैसला गरेको हो । फैसला अनुसार कतार एयरवेजबाट उनले कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति पाउनेछिन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij