बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

बिहीबारदेखि टाटा कार्निभल, कुनैपनि पुरानो गाडी नयाँ पन्च ईभी र टियागो ईभीसँग साट्न सकिने

बिहीबारदेखि टाटा कार्निभल, कुनैपनि पुरानो गाडी नयाँ पन्च ईभी र टियागो ईभीसँग साट्न सकिने

सजिलो पाना
बुधवार, भाद्र ३ २०८३
सजिलो पाना
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । बिहीबार (भदौ ४गते)देखि चौथो संस्करणको टाटा कार्निभल सुरु हुने भएको छ । नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिंगले ४ देखि ७ गतेसम्म टाटा कार्निभल आयोजना गरेको हो ।

    कम्पनीका अनुसार उक्त कार्निभलमा ग्राहकले आधादर्जन बढी सुविधा पाउने छन् । गोहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो गाडस् टाटाको नयाँ पन्च ईभी र टियागो ईभीसँग साट्न पाउने छन् ।

    पुरानो गाडीलाई डाउनपेमेन्टको रूपमा राखेर टाटा मोटर्सको नयाँ गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ ।

    कार्निभलमा टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडान सुविधा पाउने छन् ।

    ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा नयाँ पन्च ईभी र नयाँ टियागो कम्पनीले ईभी विशेष अफरसहित सार्वजनिक गरेको थियो । नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र टियागो ईभीको सुरूवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ।

    अत्याधुनिक एक्टि डट ईभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन् । जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन्।

    यस मोडलमा १९५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स, बीएनक्याप ५ स्टार सुरक्षा रेटिङ , ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट, डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ।

    दैनिक आवतजावतलाई सहज बनाउन ल्याइएको नयाँ टियागो ईभीमा नयाँ लुक्स, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट, ६ वटा एयरब्याग जस्ता सुरक्षा फिचर छन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij