सोमवार, भाद्र १५ गते २०८३    

सोमवार, भाद्र १५ गते २०८३    

चितवनमा लक्ष्मी कमर्शियल भेहिकलद्वारा आयोजित ग्रािक भेटघाट कायिक्रम २०२५ सफलतापवूकि सम्पन्न

चितवनमा लक्ष्मी कमर्शियल भेहिकलद्वारा आयोजित ग्रािक भेटघाट कायिक्रम २०२५ सफलतापवूकि सम्पन्न

सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
  • चितवन । एसएमएल आईसुजु गाडीहरूको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल प्रा. लि. ले ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउन तथा आफ्नो उत्कृष्ट सेवा प्रतिबद्धतालाई सशक्त बनाउन चितवन गार्डेन रिसोर्ट, चितवन मा ग्राहक भेटघाट कार्यक्रम २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ ।

    जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एस एम एल इसुजुले बस तथा ट्रकहरू निर्माण गर्दै सेल्स, सर्भीस् र स्पेयर पाह्र्स एकै ठाँउमा उपलब्ध गराउदै आएको छ ।

    नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावक मानिने एसएमएल ईसुजुका सवारी साधनहरू विगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ ।

    लक्ष्मी कमर्शियल भेहिकलको ग्राहक–केन्द्रित सोचअनुसार आयोजित यो कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमिहरु सहभागी भएका थिए । कार्यक्रममा २ सय भन्दा बढिको सहभागीता रहेको थियो ।

    कार्यक्रममा लक्ष्मी कमर्शियल भेहिकल प्रा. लि. का सेल्स हेड श्री सञ्जय खड्काले आगामी दिनहरूमा अझ राम्रो बिक्री तथा सेवा सुविधा प्रदान गर्ने, ग्राहक आवश्यकता अनुसार अझ उत्कृष्ट गाडी उपलब्ध गराउने र दीर्घकालीन रुपमा राम्रो सेवा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    त्यस्तै, बस इन्चार्ज रामहरी थपलियाले एसएमएल आईसुजु गाडीहरूको प्राविधिक विशेषता तथा यसको बलियो विश्वसनीयताको विषयमा विस्तृत जानकारी गराए ।

    कार्यक्रममा लक्ष्मी कमर्शियल भेहिकलको बगतजयचष्शभम डिलर, ब्राण्डेड अटोमोबाइल प्रा. लि. को सहकार्य रहेको थियो ।

    ब्राण्डेड अटोमोबाइल प्रा. लि. का सीईओ इन्द्र प्रसाद रेग्मीले पनि आफ्नो भनाइ राख्दै लक्ष्मी कमर्शियल भेहिकलसँग मिलेर बिक्री पछिको उत्कृष्ट सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    एस एम एल इसुजुले नेपाली बजारमा लाइट तथा मिडियम ट्रक, टिप्परका साथै स्कुल बस र स्टाफ बस अन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरू उपलब्ध गराउँदै आएको छ । विशेषगरी स्कुल बस सेग्मेन्टमा यो ब्राण्डले लामो समयदेखि अग्रणी स्थान कायम राखेको छ ।

    लक्ष्मी कमर्शियल भेहिकल प्रा. लि. ले आगामी दिनहरूमा यस्तै ग्राहकमुखी कार्यक्रमहरू देशभर सञ्चालन गर्दै, ग्राहकहरूसँग अझ नजिक हुँदै मूल्यवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij