आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

पूर्व प्रधानमन्त्री प्रचण्ड -‘वर्तमान शासन व्यवस्थाको विकल्प छैन’

पूर्व प्रधानमन्त्री प्रचण्ड -‘वर्तमान शासन व्यवस्थाको विकल्प छैन’

सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताएका छन्।

    जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई–मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ झुँगामा आज आयोजित खबरदारीसभामा उनले जनताको ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुनै नसक्ने बताए।

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुन नदिन सबै राजनीतिक दल र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संविधान कार्यान्वयन तथा आवश्यकतानुसार संशोधन पनि गर्नुपर्ने बताए ।

    देश विकासको जनचाहना पूरा गर्न सरकार पनि इमानदारीपूर्वक लाग्नुपर्ने उनको सुझाव थियो । साथै उनले जनभावना अनुसार काम गर्न र आन्दोलनरत पक्षका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरे ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij