शनिवार, भाद्र १३ गते २०८३    

शनिवार, भाद्र १३ गते २०८३    

मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक

सजिलो पाना
बुधवार, भाद्र १० २०८३
सजिलो पाना
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको मन्त्री पोखरेलले जानकारी दिए । त्यस्तै घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ । त्यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि सरकारको निर्णय छ । 

    बैठकले गृहमन्त्रीलाई उद्धारका लागि हेलिकोप्टरसहित सबै साधन प्रयोग गर्न निर्देशन दिएको छ । सरकारले घरबास गुमाएका मानिसहरुलाई गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण र सम्बन्धित व्यवस्थापन समितिले मिलाउने भएको छ ।

    बाढीबाट अवरुद्ध सडक र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने तथा विद्युत् आपूर्ति सुचारु गर्न ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले मिलाउने र घटनामा परि ज्यान गुमाउनेका परिवारलाई कानुन अनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।

    784425124_1387370600197823_4487459920922509935_n_6NxoZwRe69.webp

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij