शनिवार, भाद्र १३ गते २०८३    

शनिवार, भाद्र १३ गते २०८३    

मुक्तिनाथ विकास बैंकद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

सजिलो पाना
शुक्रवार, भाद्र १२ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मुक्तिनाथ विकास बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ।

    बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै बैंकले प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

    बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो क्षति पुगेको बैंकले जनाएको छ। विपद्का कारण ज्यान गुमाउनेप्रति बैंकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

    बैंकले देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएको कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ।

    विपद्को घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै प्रदान गरिएको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने बैंकको विश्वास छ।

    मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij