सोमवार, भाद्र १५ गते २०८३    

सोमवार, भाद्र १५ गते २०८३    

चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण

चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण

सजिलो पाना
शनिवार, भाद्र ७ २०८२
सजिलो पाना
शनिवार, भाद्र ७ २०८२
  • चितवन। चितवनमा स्क्रब टाइफसबाट शनिबार एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

    अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।

    यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ ।

    चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij