काठमाडौं । २०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास ‘उरमाल’ ले पाएको छ ।
आज बसेको मदन पुरस्कार गुठीको बैठकले ‘उरमाल’ लाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।
यसै गरी २०८२ सालको जगदम्बा श्री पुरस्कार प्रमेदेव गिरीलाई दिने निर्णय भएको गुठीले जनाएको छ ।
विगत पाँच दशकदेखि लोक-संस्कृति-क्षेत्रमा सक्रिय रहेका गिरीलाई भने लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरे बापत उक्त पुरस्कार दिने निर्णय गरेको हो ।



