सोमवार, भाद्र १५ गते २०८३    

सोमवार, भाद्र १५ गते २०८३    

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको ३३औँ सभा सम्पन्न

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको ३३औँ सभा सम्पन्न

सजिलो पाना
मंगलवार, श्रावण २७ २०८२
सजिलो पाना
मंगलवार, श्रावण २७ २०८२
  •  काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३औँ सभा सम्पन्न भएको छ ।

    न्याम्स कार्यालयमा बसेको बैठकले चालु आर्थिक वर्षको आर्थिक, शैक्षिक, भौतिक तथा प्रशासनिक कार्यसम्बन्धी विभिन्न प्रस्ताव पारित गरेको छ ।

    न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा भएको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छा, स्वास्थ्य सचिव डा. विकास देवकोटा, न्याम्सका पदाधिकारीलगायतको उपस्थिति थियो ।

    उपकुलपति प्राडा. भुपेन्द्र बस्नेतका अनुसार सभाले चालु आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ४ अर्ब १२ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ । साथै, भक्तपुरको दुवाकोटमा विस्तारित न्याम्स परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विषयमा सैद्धान्तिक सहमति पनि जनाएको छ ।

    बैठकले न्याम्सका विभिन्न तहका १७८ स्नातकलाई आगामी दीक्षान्त समारोहमा उपाधि दिने निर्णय गरेको छ ।

    यससँगै, स्वास्थ्यकर्मी तथा कर्मचारीको महंगी भत्ता समायोजन, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल र कोशी अस्पतालमा शिक्षक दरबन्दी थप गर्ने प्रस्ताव समेत पारित गरिएको उपकुलपति बस्नेतले जानकारी दिए ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij