आइतवार, श्रावण २४ गते २०८३    

आइतवार, श्रावण २४ गते २०८३    

गाडी किन्नेहरूका लागि नाइमा एक्स्पोमा एभरेष्ट बैंकको विशेष अफर र छुट

गाडी किन्नेहरूका लागि नाइमा एक्स्पोमा एभरेष्ट बैंकको विशेष अफर र छुट

सजिलो पाना
आइतवार, श्रावण २५ २०८२
सजिलो पाना
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा गाडी किन्न चाहनेलाई एभरेष्ट बैंकले विभिन्न छुट तथा अफर दिइरहेको छ ।

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भइरहेको नाइमा अटो एक्स्पोमा बैंकले विभिन्न किसिमका छुट सुविधाहरु दिइरहेको हो । बैंकले ‘विशेष गाडी कर्जा योजना’ अघि सार्दै ६.५२ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ ।

    एस्पोमा स्टल राखेर बैंकले गाडी खरिद गर्न चाहने ग्राहकका लागि बेसरेटमा १.२५ प्रतिशत प्रिमियम थपेर ६.५२ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेको हो । हाल यस बैंकको बेसरेट ५.२७ प्रतिशत छ । बैंकबाट कर्जा लिने ग्राहकले केवल ०.५० प्रतिशत मात्र प्रोसेसिङ शुल्क तिर्नुपर्नेछ ।

    बैंकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई यस योजना अन्तर्गत कार, भ्यान, जिप, तथा स्पोट्र्स युटिलिटी भेइकल (एसयूभी) जस्ता निजी प्रयोगका सवारी खरिद गर्न कर्जा दिने जनाएको छ ।

    ग्राहकको आवश्यकता अनुसार खुद मासिक आम्दानीको ३० गुणासम्म कर्जा उपलब्ध गराउने र कर्जा भुक्तानीका लागि बैंकले बढीमा ७ वर्षसम्मको समयावधि प्रदान गर्ने जनाइएको छ ।

    बैंकले प्राकृतिक व्यक्तिको निजी प्रयोजनका लागि गाडीको खरिद मूल्यको कम्तीमा ४० प्रतिशतसम्म र विद्युतीय सवारी साधनको हकमा पनि खरिद मूल्यको ४० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जानकारी दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij