काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ । अघिल्लो दिन १२ अंकले घटेको बजार १७.७६ अंकले घटेर २७४४.०९ विन्दुमा पुगेको हो ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब १० करोड माथिको कारोबार भएको बजारमा आज भने ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक कारोबार हुँदा उक्त रकमको कारोबार भएको हो ।



