मुना पन्थ । व्यस्त सानो कोठामा बस्ने म किताबहरु पढ्न अलि बढी रूचि राख्छु । केहि दिन अघि त्यो कुनामा राखिएको बुक र्याककाे एउटा किताबमा मेरा आँखा पर्यो। त्यहि कोठामा हुँदा पनि मैले त्यो किताब झिकेर हेरेकी थिइन ।
एक साँझ त्यो किताब झिके किताबको पछिल्लो पानामा लेखिएको केही हरफले मलाई उक्त किताब पढ्न उत्साहित गरायो ।
किताबको नाम ईरा।
प्रशान्त शर्माद्वारा लेखिएको यो किताब केहि समय अघि मात्र वीमोचन भएको रहेछ । त्यही रात किताब खोलेर पढ्न थाले । पहिलो पानामै हत्याको कुरा आएको थियो मनमा डर लिएर भएपनि मैले पढ्न थाले । अनेक प्रकृतिका पात्रहरूको समावेशले मलाई अझै उत्साहित गरायाे ।
एउटी क्याफेको ओनरले आफ्नो गाह्रो समयमा साथ दिन्छु भनेर बलत्कार गरेको र त्यसको सजायमा ती व्यक्तिहरूको हत्या गरिएको देखाएको छ।
पुस्तकमा कुनै संका बिना, कुनै सबुत बिना लगातार ५ जनाको हत्या गरिएको छ । सामान्य तरिकाले नभई विभिन्न औषधी र हतियारको प्रयोग गरेर छियाछिया हुने गरि दर्दनाक तरिकाले हत्या गरिएकाे छ ।
आफ्नै बुबाबाट पटक-पटक बलात्कृत भएर घर छाडेकि पात्र (क्याफे ओनर) ठाँऊ ठाँऊमा बलात्कृत भएकी थिईन् त्यसको बदलामा हत्या गरिएको बुझ्न सकिन्छ ।
आफ्नो बुबाबाट हत्या सुरू गरेकाे पात्रले कसैले शंका गर्न नसक्ने गरी याेजना रचिन्। प्रहरीकाे पुरै टाेलीले पनि हत्यारा पत्ता लगाउन सकेको थिएन । उनले यसरी हत्या गरेकी थिइन् कि, कसैले कुनै संका गर्ने ठाउँ नै थिएन ।
एउटा डाक्टरको सहायताले पालैपालो ५ जनाको हत्या भयाे। प्रहरीले त्यस घटनाको हत्यारा पत्ता लगाउन नसकेर धेरै समय अगाडी यस्तो घटना भएको छ वा छैन भनि पुरै पुराना केशहरू पल्टाउन बाध्य भयाे ।
र साेहि समयमा क्याफे ओनर संग सम्बन्धित केहि प्रमाणहरू भेटियाे ।
कथा एकै परिवेशमा घुमिरहन्छ । अझै अचम्म लाग्दाे कुरा त प्रहरी र सि.आइ.बि. काे टाेली,जसले उक्त केशलाई जिम्मा लिएका थिए उनिहरूकाे प्रत्यक दिन रिफ्रस हुने ठाँउ साेही क्याफे हुन्छ।
र हत्यारा सँगै बसेर हत्याकाे केश बारे छलफल गरिरहेका हुन्छन् ।
अन्त्यमा, जाे पात्रकाे क्याफेमा उनिहरू चिया, चुराेट र रक्सी पिउँछन् उसैलाई हत्यारा ठहराउनु पर्छ ।
हत्यारा (क्याफे ओनर) अर्थात् ईराकाे भनाइ हुन्छ "कुनै अपराधीकाे न्याय नै हत्या हाे" ।
पुस्तक समीक्षा: ईरा



