बिहिवार, कार्तिक २० गते २०८३    

बिहिवार, कार्तिक २० गते २०८३    

तिहारका लागि राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बेच्दै

तिहारका लागि राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बेच्दै

सजिलो पाना
बिहिवार, कार्तिक २० २०८३
सजिलो पाना
बिहिवार, कार्तिक २० २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुनको असर्फी तथा चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्ने भएको छ।

    राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री गरिनेछ। कात्तिक १९ र २० गते गरी दुई दिन बिक्री सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।

    यस वर्ष राष्ट्र बैंकले लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन बिक्री गर्नेछ। साथै, वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी तयार पारिएका सुनका असर्फी पनि सर्वसाधारणलाई बिक्री गरिनेछ।

    राष्ट्र बैंकका अनुसार एक जना व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा दुईवटा चाँदीका मेडालियन खरिद गर्न सक्नेछन्। चाँदीका मेडालियन लक्ष्मी र गणेश अंकित एक–एक थानका दरले उपलब्ध गराइनेछ।

    असर्फी तथा मेडालियनको मूल्य बिक्री हुने दिन बिहान करिब ११ बजे निर्धारण गरिनेछ। सुनचाँदीको दैनिक बजार मूल्यका आधारमा मूल्य तोकिने भए पनि सिक्का उत्पादनमा लागेको खर्चसमेत समावेश हुने भएकाले बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ। मूल्य निर्धारण भएपछि मात्रै बिक्री सुरु हुनेछ।

    सिक्का खरिद गर्न इच्छुक व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुल्ने अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij